आर्थिक
सुनको भाउ बढेर फेरि लाख नाघ्यो
२०७७ भदौ २ गते १४:०४

२ भदौ २०७७ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ फेरि तोलाको एक लाख रुपैयाँ नाघेको छ ।
सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर आज एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । हिजोको तुलनामा चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ ।
प्रतिक्रिया