विदेश

भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या झनै बढ्यो

हिमालय टिभी
२०७७ भदौ २ गते ७:४०
भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या झनै बढ्यो

२ भदौ, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा पुनः कोरोना संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा धेरै ५४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको संख्या अघिल्लो दिनको तुलनामा भने केही कम हो । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ ।

त्यस्तै अमेरिकामा ४० हजार भन्दा बढी तथा ब्राजिलमा २३ हजार जनामा संक्रमण भएको छ । सोमबार विश्वभर १ लाख ९१ हजार भन्दा कोरोनाका नयाँ संक्रमित थपिए । अघिल्लो दिन त्यहाँ २ लाख १२ हजार भन्दा कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी भारतमा ८ सय ८० जनाले ज्यान गुमाए र त्यस्तै ब्राजिलमा ७ सय ७५ तथा अमेरिकामा ५ सय ८९ जनाको मृत्यु भएको छ ।

विश्वभर संक्रमित मध्ये १ करोड ४७ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । यस्तै आज मेक्सिकोमा ३ हजार भन्दा बढीमा संक्रमण देखिंदा २ सय ६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *