आर्थिक

किसानले जसोतसो रोपाई सके, दुई महिना बित्दा पनि मल पाएनन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १ गते १९:२२
किसानले जसोतसो रोपाई सके, दुई महिना बित्दा पनि मल पाएनन् (भिडियोसहित)

२ भदौ, २०७७ काठमाडौं । समय मै बर्षा हुदाँ दाङका किसानले यस वर्ष धान रोपाई समय मै सम्पन्न गरे । धान रोपाई गर्ने बेला नेपालमा लकडाउन थियो । तर पनि मलको अभाव थिएन् । तर अहिले धान रोपेको दुई महिना बित्दा पनि रासायनिक मल नपाउँदा किसान दुखी छन् ।

रोपेको २० देखि २५ दिन भित्र धानमा युरिया मल हाल्नु पर्ने भए पनि बजारमा मल नपाउँदा दाङका किसान भौतारिएका छन् । गत वर्षको भन्दा यो वर्ष धान उत्पादन धेरै हुने आँकलन गरेका किसानलाई यो वर्ष समयमा नै मल नपाउँदा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता छ ।

मल पाउनकै लागि किसानले नारा धर्ना र जुलुस समेत गरेका छन । घोराही २ रामपुरका किसानले मल नपाएको भन्दै केही दिन अगाडी हलो जुवा बोकेर वडा कार्यालयमा पुगेर आन्दोलन गरे । तर पनि मल पाइएको छैन ।

दाङमा कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । कृषिले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल बितरण गर्ने गरेका छन् ।

दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्रि गर्ने गर्दछ, भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्रि गर्ने गरेको छ । कृषि सामाग्री लिमिटेडमा केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिलेसम्म आएको छैन् ।

भदौको पहिलो साता भित्र मल आउने आश्वासन उसले किसानलाई दिएको छ । कोरोना महामारीको कारण मल आउन ढिलाई भएको हो ।

यो बर्ष समय मै पानी पर्‍यो । कोरोनाका कारणले बाहिर रहेका युवाहरु घर आए र समयमा नै खेति लगाए । गत वर्षका तुलनामा यो वर्ष दाङ्गमा धेरै धान खेती पनि भएको छ तर मल नपाउँदा उत्पादन बढ्नेमा शंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *