समाज
कपिलवस्तुमा लकडाउन कडा बनाउने प्रहरीमाथि नै आक्रमण
२०७७ भदौ १ गते १९:०६

१ भदौ, २०७७, कपिलवस्तु । लकडाउनमा कडाई गर्ने क्रममा कपिलवस्तुमा प्रहरीमाथि नै आक्रमण भएको छ । आक्रमणमा ६ जना प्रहरी घाइते भएका छन् ।
शुद्धोधन गाउँपालिका वडा नम्वर ३ लबनि चोकमा अपरिचित युवकको समूहले प्रहरी चौकीका हवल्दार सहितलाई आक्रमण गरेको हो ।
घाइते प्रहरीको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।
प्रहरीमाथि आक्रमण गरेर भागेकाको खोजीका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।
प्रतिक्रिया