विदेश

कोरोना महामारीका कारण जापानी अर्थतन्त्रमा गिरावट

हिमालय टिभी
२०७७ भदौ १ गते १७:४६
कोरोना महामारीका कारण जापानी अर्थतन्त्रमा गिरावट

१ भदौ, २०७७ टोक्यो । कोरोना भाइरसको महामारीका कारण जापानी अर्थतन्त्रमा गिरावट आएको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको कुल गार्हस्थ उत्पादन ९जीडिपी० मा २७ दशमलब आठ प्रतिशतले गिरावट आएको छ ।

कोरोना भाइरसको महामारीपछि अप्रिलदेखि जुन सम्ममात्र जापानको जीडिपी सात दशमलब आठ प्रतिशत घटेको छ । कोरोना संक्रमणअघि पनि जापानको आर्थिक बृद्धिदरमा ठूलो संकट देखा परेको थियो ।

जापानको अर्थतन्त्र सन् १९८० पछि कै कमजोर बनेको हो । जापानमा उत्पादन भएका बस्तुको ५० प्रतिशतभन्दा बढी माग घरेलु बजारमै छ । कोरोना भाइरसको महामारीका कारण देशमा वस्तुको खपत र निर्यात समेत घटेकोले अर्थतन्त्र कमजोर बनेको हो ।

अघिल्लो वर्ष जापानले १० प्रतिशतले कर बढाएको थियो । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण कर अझै बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *