खेलकूद

बार्सिलोना छाड्ने मनस्थितिमा लियोनल मेस्सी

हिमालय टिभी
२०७७ भदौ १ गते १७:४३
बार्सिलोना छाड्ने मनस्थितिमा लियोनल मेस्सी

१ भदौ, २०७७ काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले क्लब छोड्ने मनस्थिति बनाएको खबर सार्वजनिक भएको छ ।

बार्सासँग अर्को बर्षसम्म सम्झौता रहेपनि मेस्सीले यसै वर्ष क्लब छोड्न ब्यवस्थापनमा प्रस्ताव गरेको ब्राजिलियन पत्रकार मार्सेलो बेच्लरले खुलासा गरेका छन् ।

मार्सेलो तिनै पत्रकार हुन् जसले नेयमारको पीएसजीमा स्थानान्तरण हुने समाचार ब्रेक गरेका थिए । मार्सेलोले ट्वीटमा भनेका छन् ‘मेस्सी यही समरमा बार्सिलोना छोड्न चाहन्छन् ।’

च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय भोगेपछि मेस्सीको क्लबमा रहने इच्छा मर्दै गएको बताइएको छ ।

मेस्सीलाई अनुबन्ध गर्न दुईवटा इंग्लिस क्लब म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइटेड, इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पीएसजीले इच्छा देखाएका छन् ।

फुटबल विज्ञले मेस्सी अनुबन्धका लागि प्रस्ताव गर्न यो साता क्लबहरुका लागि उचित समय हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्