समाज

कोरोना संक्रमित बढेपछि पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ भदौ १ गते १३:०६
कोरोना संक्रमित बढेपछि पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी

१ भदौ, २०७७ पोखरा । पोखरा महानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुई दिनदेखि कोरोना संक्रमण बढ्न थालेपछि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । हालसम्म पोखरामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *