विदेश

न्यूजिल्याण्डको आमचुनावमा कोरोनाको असर

हिमालय टिभी
२०७७ भदौ १ गते ९:३०
न्यूजिल्याण्डको आमचुनावमा कोरोनाको असर

१ भदौं, २०७७ न्युजिल्याण्ड । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव न्यूजिल्याण्डको आमचुनावमा पनि परेको छ ।

कोरोनाकै कारण आगामी सेप्टेम्बरमा हुने भनिएको न्यूजिल्याण्डको निर्वाचन तालिका एक महिना पछाडि सरेको छ ।

कोरोना महामारी बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यही सेप्टेम्बरमा १९ का लागि तय निर्वाचन अक्टोबर १७ मा हुने घोषणा गरिन् ।

प्रधानमन्त्री ज्यासिन्डाले निर्वाचनको नयाँ मितिले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीति बनाउन तथा चुनावी अभियान चलाउन अवसर दिने बताइन्।

संक्रमति बढेसँगै न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा गत आइतबारदेखि पुनः लकडाउन गरिएको छ । न्यूजिल्याण्डमा १ हजार ६ सय ३१ जनामा संक्रमण हुँदा २२ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *