समाज

दाङमा रात्रिकालीन निषेधाज्ञा लागू

हिमालय टिभी
२०७७ भदौ १ गते ९:२२
दाङमा रात्रिकालीन निषेधाज्ञा लागू

१ भदौं, २०७७, दाङ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दाङमा रात्रिकालीन निषेधाज्ञा लगाइएको छ ।

आजदेखि लागु निषेधाज्ञा अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरी हिडडुलमा प्रतिबन्ध लगाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार आजदेखि भदौ ८ गतेसम्म यो नियम लागु हुनेछ ।

निषेधाज्ञाभर बजार, यातायात, भिडभाड र हिँडडुलमा समेत पूर्णरुपले रोक लगाइनेछ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अत्यावाश्यक सवारी साधन बाहेक अन्य सम्पूर्ण सवारी साधनमा रोक लगाइनेछ ।

विशेषगरी हरितालिका तीज नजिकिँदै गर्दा नाचगान, भिडभाडजस्ता कार्यक्रमलाई लक्षित गरी यस्तो नियम लागु गरिएको हो । नियम उल्लङघन गर्नेलाई कानुनी कारवाही गरिने प्रशासनले चेतवानी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *