खेलकूद

स्पानिस क्लब सेभिया युरोपा लीगको फाइनल प्रवेश

हिमालय टिभी
२०७७ भदौ १ गते ७:३०
स्पानिस क्लब सेभिया युरोपा लीगको फाइनल प्रवेश

१ भदौं, २०७७ काठमाडौं । स्पानिस क्लब सेभिया छैटौं पटक युरोपा लीगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २(१ गोलको जित निकाल्दै सेभियाले फाइनलमा स्थान पक्का पारेको हो ।

खेलमा भने युनाइटेडले ब्रुनो फेर्नान्डेसको पेनाल्टीमार्फत नवौं मिनेटमा अग्रता बनाएको थियो । मार्कस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो ।

तर त्यसपछि सेभियाले उत्कृष्ट प्रर्दशन गर्दै लगातार दुई गोल थपेको थियो । सेभियाकातर्फबाट २६ औं मिनेटमा फेर्नान्डेज साएजले र ७८ औं मिनेटमा लूक डी जोङ्गले गोल गरे ।

अब सेभियाले उपाधिका लागि इन्टर मिलान र शाख्तर डोनेस्कबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्