विदेश

भारतमा कोरोनाबाट मर्ने र संक्रमित हुनेको संख्या झनै बढ्यो

हिमालय टिभी
२०७७ भदौ १ गते ७:२७
भारतमा कोरोनाबाट मर्ने र संक्रमित हुनेको संख्या झनै बढ्यो

१ भदौं, २०७७ काठमाडौं । पछिल्लो पटक भारतमा पुनः कोरोना संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा धेरै ५८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको संख्या अघिल्लो दिनको केही घटेको हो ।

यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २६ लाख ४७ हजार नाघेको छ । त्यस्तै अमेरिकामा ३६ हजार भन्दा बढी तथा ब्राजिलमा २२ हजार जनामा संक्रमण भएको छ । आइतबार विश्वभर २ लाख १२ हजार भन्दा कोरोनाका नयाँ संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ५ सय जनाको मृत्यु भएको छ । सबैभन्दा बढी भारतमा ९ सय ६१ जनाले ज्यान गुमाए र त्यस्तै मेक्सिकोमा ६ सय ३५, ब्राजिलमा ५ सय ८२ तथा अमेरिकामा ५ सय २२ जनाको मृत्यु भएको छ ।

विश्वभर संक्रमित मध्ये १ करोड ९१ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

यस्तै आज मेक्सिकोमा ४ हजार भन्दा बढीमा संक्रमण देखिंदा २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *