खेलकूद
सिमोना हालेपले जितिन् प्राग ओपन टेनिसको उपाधि
२०७७ भदौ १ गते ७:२३

१ भदौं, २०७७, रोमानिया । रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् ।
गएराति चेक रिपब्लिकको प्रागमा सम्पन्न फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गर्दै उपाधि जितेकी हुन् ।
यस वर्षको दोस्रो उपाधि जित्ने क्रममा विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६–२ र ७–५ को सोझो सेटमा हराइन् ।
२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयताकी खेलाडी हुन् । यस अघि क्यारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन् ।
प्रतिक्रिया