समाज

बाँके प्रहरी लकडाउनमा फरार मोष्ट वान्टेड अपराधी पक्रँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३२ गते २०:३७
बाँके प्रहरी लकडाउनमा फरार मोष्ट वान्टेड अपराधी पक्रँदै (भिडियोसहित)

३२ साउन, २०७७ बाँके । बाँके प्रहरीले लामो समयदेखि फरार मोष्ट वान्टेडको सुचिमा रहेका अपराधि धमाधम पक्राउ गर्न थालेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण चहल पहल घटेको र भारतसंगको खुल्ला सीमाना बन्द भएको मौका छोपेर प्रहरीले फरार अपराधीलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको हो ।

विशेष टोली परिचालन गरेर प्रहरीले असार र साउनमा मात्रै ५८ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ ।

अदालतबाट मुद्दाको फैसला भएर कैद तथा जरिवाना तोकिए पनि फरार अपराधीलाई प्रहरीले खोजीको पहिलो सुचिमा राखेको छ । बिभिन्न अपराधमा संलग्न भएर अदालतमा मुद्दा दायर भएका तर पक्राउ नपरेका अभियुक्तको खोजीलाई पनि प्रहरीले तिब्र पारेको छ ।

असार र साउनमा पक्राउ परेका ५८ जना मध्ये २९ जना लामो समय देखि फरार हत्या, अपहरण , बम विष्फोट,ज्यान मार्ने उद्योग, चोरी डकैती, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधी छन ।

लकडाउन कारण उत्पन्न असहज परिस्थितमा धेरै दिन बाहिर लुकेर बस्न सम्भब नभएपछि अपराधी आफ्नै घर तथा आफन्तकोमा लुकेर बस्ने गरेको सुचना पाए पछि बाँके प्रहरीले असारको पहिलो सातादेखि बिशेष टोली नै परिचालन गरेर फरार अपराधी पक्राउ गर्न थालेको हो ।

यो अभियान अन्तर्गत सशस्त्र भूमिगत समुह ज्वाला सिंह समुहका बाँके इन्चार्ज राजेश यादब र उनका मुख्य सहयोगी केशब राढ पनि पक्राउ परेका छन । एक दशक देखि फरार उनीहरु हत्या, अपहरण हात हतियार तथा खरखजनाका लगायत ९ वटा जघन्य अपराधमा संलग्न थिए । यादव र राढ २०६५ देखि २०७२ साल सम्म बाँकेमा भएका हत्या, अपहरण र बम बिस्फोट जस्ता ९ वटा जघन्य अपराधमा संलग्न थिए ।

अपराधीलाई पक्राउ गरी अदालतमा पेश गर्ने र अदालतको आदेशबाट कारागार पठाउने गरिएको छ ।अपराधी बाहिर हुँदा शान्ति सुरक्षाका लागि चुनौती बढ्ने भएकाले कोरोना संक्रमणको जोखिमकाबीच बाँके प्रहरीले मोष्ट वान्टेडको खोजी थालेको हो ।र, यसमा प्रहरीलाई सफल भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *