समाज

निषेधाज्ञा व्यवस्थित गर्न पर्सामा सेना परिचालन

हिमालय टिभी
२०७७ साउन ३२ गते १९:२२
निषेधाज्ञा व्यवस्थित गर्न पर्सामा सेना परिचालन

३२ साउन, २०७७ पर्सा । पर्सामा निषेधाज्ञा व्यवस्थित गर्न आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।

पर्साका सडकमा सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिनुभयो ।

संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ ।

मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको संक्रमणलाई थप फैलिन नदिन निषेधाज्ञामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको निश्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *