आर्थिक
निगमले बढायो पेट्रोलियम पदार्थको भाउ
२०७७ साउन ३२ गते १९:११

३२ साउन, २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
आज भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि भाउ बढाउनु परेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
नयाँ मूल्य समायोजन पछि डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार नै भएको उहाँको दाबी छ ।
प्रतिक्रिया