विदेश

रुसमा कोरोनाविरुद्धको खोपको उत्पादन सुरु

हिमालय टिभी
२०७७ साउन ३२ गते १८:४७
रुसमा कोरोनाविरुद्धको खोपको उत्पादन सुरु

३२ साउन, २०७७ मस्को । रुसले कोरोना विरुद्धको खोपको उत्पादन सुरु गरेको छ । गत साता सफल परीक्षण दाबी गरेको रुसले पहिलो चरणको उत्पादन थालेको हो ।

रुसले यसै महिनाको अन्तिमसम्म खोप बजारमा ल्याउने तयारी गरेको छ । जसअनुसार पहिलो चरणमा ५० लाख डोज खोप उत्पादन गर्नेछ । स्पुतनिक नामको खोप सुरक्षित रहेको रुसी अधिकारीको दाबी छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई यो खोप दिलाइसकेका छन् । मस्कोको गमालेया इन्स्टिच्युटले उत्पादन गरेको यो खोप ब्राजिलमा पनि प्रयोग गरिनेछ ।

मानिसमा नकारात्मक असर नगर्ने र कोरोना भाइरससँग लड्न प्रभावकारी भनिएको यो भ्याक्सिनलाई रुसी सरकारले तेस्रो चरणको परीक्षण अगावै बजारमा ल्याउन अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *