खेलकूद

मेस्सीलाई आफ्नो क्लबमा भित्राउने म्यानचेस्टर सिटीको इच्छा

हिमालय टिभी
२०७७ साउन ३२ गते १७:४७
मेस्सीलाई आफ्नो क्लबमा भित्राउने म्यानचेस्टर सिटीको इच्छा

३२ साउन, २०७७ काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई भित्र्याउन इ‌ंग्लिस क्लब म्यान्चेष्टर सिटीले इच्छा ब्यक्त गरेको छ ।

अर्जेन्टाइन खेलाडी मेस्सीलाई इत्तेहाड स्टेडियममा भित्राउनका लागि सिटीले जति पनि रकम खर्च गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर, त्यसअघि मेस्सीले बार्सिलोना छोड्नुपर्नेछ ।

बार्सिलोनामा मेस्सीको सम्झौता एक वर्ष बाँकी छ । पछिल्लो समय बार्सिलोनाका खेलाडी, प्रशिक्षक र बोर्डबीच असमझदारी चुलिएको छ ।

च्याम्पियनस लिग अन्तर्गत बायर्न म्युनिखसँग इतिहासकै लज्जास्पद पराजय भोग्नु अघिदेखि नै मेस्सी र क्लबबीच पनि सम्बन्ध राम्रो थिएन ।

म्यान्चेष्टर सिटीमा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्दिओला छन् । ग्वार्दिओलासँग मेस्सीको सम्बन्ध सुमधुर रहँदै आएको छ ।

मेस्सीलाई भित्र्याउनका लागि इटालीयन क्लब इन्टर मिलान पनि इच्छुक देखिएको छ । इन्टरमिलानले पनि मेस्सीका लागि जति पनि रकम खर्च गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्