अन्तर्वार्ता

काँग्रेसमा गुटसमेत चलाउन नसक्ने नेताले पार्टी चलाउन सक्दैनन्, अब विदा गर्नुपर्छः नेता गुरुङ

हिमालय टिभी
२०७७ साउन ३२ गते १३:२०
काँग्रेसमा गुटसमेत चलाउन नसक्ने नेताले पार्टी चलाउन सक्दैनन्, अब विदा गर्नुपर्छः नेता गुरुङ

३२ साउन, २०७७ काठमाडौं । काँग्रेस नेता धनराज गुरुङले आगामी १४ औं महाधिवेशनबाट पुरानो पुस्तालाई बिदा गरेर आफुहरु नै नेतृत्वमा आउने बताउनु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै कांग्रेस केन्दीय सदस्य गुरुङले सभापति शेरबहादुर देउवाविरुद्ध सबै नयाँ पुस्ताका नेता लाग्ने दाबी गर्नुभयो ।

अब आफुहरु पौडेल वा देउवा कुनै पक्षमा नलागी १२ जना नेताको समूहमा थप नेता पनि भित्राउने तयारीमा जुटेको बताउनुभयो ।

उहाँले अहिलेका नेताबाट पार्टी र देश ठिक तरिकाले चल्न नसक्ने दाबीसमेत गर्नुभयो । साथै उहाँले गुट चलाउनसमेत नसक्नेले पार्टी चलाएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्