समाज

जलेश्वरमा अस्पतालमा पाँच बेडसहित भेन्टिलेटर सेवा सुरु, जनशक्ति अभाव

हिमालय टिभी
२०७७ साउन ३२ गते ७:३७
जलेश्वरमा अस्पतालमा पाँच बेडसहित भेन्टिलेटर सेवा सुरु, जनशक्ति अभाव

३२ साउन, २०७७, जलेश्वर । जलेश्वर अस्पतालमा पाँच बेडसहितको भेन्टिलेटर सेवा सुरु भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा दिन तयारी अवस्थामा रहेको छ । तर भेन्टिलेटर संचालन गर्ने दक्ष जनशक्ति भने अझै अभाव रहेको जलेश्वर अस्पतालले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जलेश्वर अस्पतालमा संचालनमा रहेको कोरोना विशेष अस्पतालमा आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई अकस्मात भेन्टिलेटरको आवश्यक्ता पर्न सक्ने भएकाले जलेश्वर अस्पतालमा भेन्टिलेटर सहितको आईसीयु संचालनमा ल्याइएको हो ।

तर दक्ष चिकित्सक र स्टाफ भने नभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *