विदेश

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

हिमालय टिभी
२०७७ साउन ३२ गते ७:२४
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

३२ साउन, २०७७ काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ५० हजारभन्दा बढी पुगेको हो ।

त्यस्तै आइतबार भारतमा ६३ हजारभन्दा बढीमा संक्रमण भएको छ । संक्रमितको सूचिमा तेस्रो स्थानको भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार भन्दा बढी रहेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो।

त्यस्तै पछिल्लो समय अमेरिकामा ५३ हजार भन्दा बढी तथा ब्राजिलमा ३८ हजार भन्दा बढीमा संक्रमण भएको छ । शनिबार विश्वभर २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना पोजेटिभ भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा १ हजार भन्दा बढीको मृत्यु हुँदा ब्राजिलान ७ सय २६ जनाको मृत्यु भएको छ ।

२ सय १३ देशका संक्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् भने ६ लाख ७८ हजार भन्दा बढीको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *