आर्थिक

सहमतिपछि बाँकेमा नयाँ औद्योगिक क्षेत्र निर्माणको अवरोध हट्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३२ गते ६:५०
सहमतिपछि बाँकेमा नयाँ औद्योगिक क्षेत्र निर्माणको अवरोध हट्यो (भिडियोसहित)

३२ साउन, २०७७ बाँके । बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नौवस्तामा बसिरहेका सुकुम्बासीबीच सहमति भएपछि निर्माणका लागि बाटो खुलेको हो ।

सहमित अनुसार बैकल्पिक ब्यबस्था नहुँदासम्म सुकुम्बासीलाई अहिलेकै स्थानमा बसोबास गर्न दिइनेछ भने खाली ठाउँमा निर्माण सुरु गरिनेछ ।

बाँके नौवस्ताको औद्योगिक क्षेत्र निर्माण हुने जग्गामा २२ वर्षदेखि बस्दै ६१ घर परिबार सुकुम्बासीले बैकल्पिक व्यवस्था नगरे आफूहरु नहट्ने अडान राख्दै आएका थिए । उनीहरुले आफूहरूको व्यवस्थापन गरेर मात्र औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्न आग्रह गरेका छन ।

बाँकेका सांसद, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका जनप्रतिनिधिको लामो प्रयासपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीबीच सहमति जुटेको हो । र सहमति अनुसार बैकल्पिक ब्यबस्था नभएसम्मलाई सुकुम्बासी अहिले बसेकै स्थानमा बस्न पाउने छन् । र उनहरूले औद्योगिक क्षेत्रमा निर्माणको काम सुरु गर्न कुनै अवरोध गर्ने छैनन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिले औद्यौगिक क्षेत्रको जग्गामा बसेका सुकुम्बासीलाई कहाँ कसरी ब्यबस्थापन गर्ने निर्णय गर्ने छ । त्यो निर्णय अनुसार काम अघि बढाइने छ र

औद्योगिक क्षेत्र निर्माणका लागि बाताबरणीय प्रभाब मुल्यांकन प्रतिबेदन इआइए स्विकृत भई करिब ६० करेड रुपैयाँ बजेट समेत बिनियोजन भई सकेको छ ।

कोरोना संक्रमण कारण उत्पन्न असहज अबस्था अन्त्य हुना साथ सडक, ढल, बिद्युत, र खानेपानी लगायतका भौतिक संरचना निर्माणको प्रकृया सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *