समाज

बढ्दो कोरोना संक्रमणप्रति दाङमा पनि सरकार र नागरिक दुवै गैरजिम्मेवार (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:३१
बढ्दो कोरोना संक्रमणप्रति दाङमा पनि सरकार र नागरिक दुवै गैरजिम्मेवार (भिडियोसहित)

३१ साउन, २०७७ दाङ । कोरोनाको संक्रमण र मृत्युदर बढ्दै गएको छ तर नागरिक र सरकार आवश्यक तयारी र व्यवस्थापनमा जिम्मेवार बन्न सकिरहेका छैनन । सरकारको कमजोर तयारी र नागरिकको बेवास्ताले कोरोनाको महामारी अझै बढ्ने खतरा छ र दाङ पनि यसबाट अछुतो छैन ।

बाँके र कपिलवस्तुमा समुदाय मै कोरोना देखिएपछि बिचको जिल्ला दाङ उच्च जोखिममा परेको छ । बाँके र कपिलवस्तुमा संक्रमण रोक्न निषेधाज्ञा लगाएएको छ । तर दाङ्गका बजार र कार्यालयमा मानिसको भीड थामि नसक्नु छ । जसका कारण जोखिम बढेको छ ।

भारतबाट आउने घटे पनि आउने क्रम रोकिएको छैन । बाहिरबाट आएकाहरुलाई सम्बन्धित स्थानीय तहले क्वारन्टिनमा राख्ने गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले अहिलेसम्म साढे ११ हजारभन्दा बढीको पीसीआर परीक्षण गरेको छ । पहिलेको तयारीले अहिले समुदायमा कोरोना नभेटिएको कार्यालयको दाबी छ । अनि स्वास्थ्य कार्यालय दाङ्मा समुदायमा नै कोरोना फैलिन नदिन सचेत छ ।

दाङ्गमा अहिलेसम्म कोरोना संक्रमण नियन्त्रणमा नै छ । तर संकट पूरा हटेको छैन । त्यसैले कोरोना महामारीबाट बच्न नागरिक र सम्बन्धित निकायले दुबै अझै शसक्त ढंगले काम गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *