आर्थिक

विदेशबाट फर्केर गाउँमै भैंसी पालन, मनग्य आम्दानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते १७:४९
विदेशबाट फर्केर गाउँमै भैंसी पालन, मनग्य आम्दानी (भिडियोसहित)

३१ साउन, २०७७, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्वर ५ को सुनद्वारी गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । ८३ घरधुरी रहेको गाउँका कृषकले व्यावसायिक भैंसीपालनबाट मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

स्नातकसम्मको अध्ययन पूरा गरी रोजगारीका लागि मलेसिया गएका गोविन्द पौडेल स्वदेश फर्केपछि परिचय फेरिएको छ । उहाँले स्वदेश फर्किएर कृषि पेशालाई व्यावसायिक बनाउन भन्दै १३ लाख रुपैयाँको लगानीमा भैंसी पालन गरिरहनु भएको छ । र उहाँ अहिले यसमै रमाइरहनु भएको छ ।

उहाँ मात्र हैन, सुर्खेतको बराहताल गाउँपालिका–५ सुनद्वारीका अधिकांशले अहिले भैंसी पाल्न थालेका छन् । गाउँमै सुर्खेत डेरी उद्योगले चिस्यान केन्द्र स्थापना गरिदिएपछि फ्याटका आधारमा किसानले दुधको प्रतिलिटर एक सय पाँच रुपैयाँसम्म पाउने गरेका छन् । सुनद्वारी गाउँमा दूध बिक्रिबाट मासिक साढे ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ ।

सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहमा अहिले ४७ कृषक आवद्ध छन् । समूहमा आवद्ध किसान दूध उत्पादनबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । र उनीहरु गोठमा अझै भैंसी थप्ने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *