खेलकूद
युगान्डाका धावक चेप्टेगेईले बनाए नयाँ विश्व कीर्तिमान
२०७७ साउन ३१ गते १३:१८

३१ साउन, २०७७ काठमाडौं । युगान्डाका धावक जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
फ्रान्सको मोनाकोमा भएको डाइमण्ड लीगमा जोसुवाले १२ मिनेट ३५ दशमलव ३६ सेकेन्डमा निर्धारित पाँच हजार मिटरको दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् ।
२३ वर्षीय उनले १६ वर्ष पुरानो कीर्तिमान झण्डै २ सेकेण्डले तोडे ।
यसअघि इथिओपियाका केनेनिसा बेकेलेको नाममा निर्धारित दूरी १२ मिनेट ३७ दशमलव ३५ सेकेन्डमा पूरा गरेको कीर्तिमान थियो । बेकेलेले सन् २ हजार ४ मा उक्त कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया