जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा

३१ साउन, २०७७, टोक्यो । जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ।
जापानविरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ।
जापानविरुद्धको युद्धमा १२ हजार युद्धबन्दीसहित ७१ हजार ब्रिटिश र कमनवेल्थ सैनिक मारिएको बताइन्छ। त्यस्तै जापानका सैनिक र नागरिक गरी २५ लाखभन्दा बढी व्यक्ति मारिएको अनुमान छ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोको एक विवादास्पद युद्ध स्मारकमा चढाउन भेट पठाए पनि उनी त्यहाँ उपस्थित भएनन्। तर उनका दुई मन्त्री भने यासुकुनी स्मारकमा पुगे जसले चीन र दक्षिण कोरियालाई आक्रोशित बनाउने सम्भावना छ।
चीन र दक्षिण कोरियाले सो स्मारकलाई जापानको सैन्य दमनको प्रतीक मान्छन्। त्यहाँ युद्धपछि विजेता शक्तिले युद्ध अपराधी प्रमाणित गरेका १४ जापानी नेताहरूको स्मारक छ।
अमेरिकाले हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ तारिखमा दिन परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो। सन् १९४५ अगष्ट १५ का दिन जापानी सम्राट हिरोहितोले राष्ट्रको नाममा सम्बोधन गर्दै युद्ध समाप्त भएको घोषणा गरेका थिए।
प्रतिक्रिया