समाज

कोरोना संक्रमित बढेपछि भैरहवामा भदौ ५ गतेसम्मका लागि लकडाउन

हिमालय टिभी
२०७७ साउन ३१ गते १३:०६
कोरोना संक्रमित बढेपछि भैरहवामा भदौ ५ गतेसम्मका लागि लकडाउन

३१ साउन, २०७७, बुटवल । रुपन्दोहीको सिद्धार्थनगर क्षेत्रभित्र कोरोना संक्रमण फैलिदै गएपछि भैरहवामा आज रातीदेखि भदौ ५ गतेसम्म लकडाउन हुने भएको छ ।

नगरपालिकाले आज राती १२ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई तथा अन्य अत्यावश्यक सेवाहरु सञ्चालन हुने नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थहरुको विक्रीवितरण आवश्यक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र सांझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

लकडाउनको अवधिमा सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधनहरु नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोडअनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म मात्र गर्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *