समाज

विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ३१ गते १३:०१
विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

३१ साउन, २०७७, विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहानसम्म थप २५ जनामा पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकाहरु ८ महिला र १७ पुरुष छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *