विदेश

अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमण र मृत्यु बढ्दो

हिमालय टिभी
२०७७ साउन ३१ गते ७:२८
अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमण र मृत्यु बढ्दो

३१ साउन, २०७७ काठमाडौं । अमेरिका, ब्राजिल र भारतमा कोरोना भाइरसको संक्रमण अझै बढ्दो क्रममा देखिएको छ ।

अन्य मुलुकमा संक्रमण केही घटेपनि अमेरिका, ब्राजिल र भारतमा संक्रमित तथा मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ ६५ हजार भन्दा बढी संक्रमित भए । त्यस्तै अमेरिकामा ६० हजार भन्दा बढी तथा ब्राजिलमा ४९ हजार बढी नयाँ संक्रमित थपिए ।

शुक्रबार विश्वभर २ लाख ७६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण भयो । यससँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड १३ लाख नाघेको छ ।

त्यस्तै शुक्रबार विश्वमा ५ लाख ७ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा १ हजार १ सय २०, ब्राजिलमा १ हजार ७ तथा भारतमा ९ सय ९० जनाले ज्यान गुमाएका छन् । उता संक्रमित मध्ये १ करोड ४१ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

आज मेक्सिकोमा ५ हजार भन्दा बढी संक्रमित हुँदा ६ सय १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *