खेलकूद

बायर्नसँग बार्सिलोना ८–२ गोलअन्तरको हार, बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो

हिमालय टिभी
२०७७ साउन ३१ गते ७:०७
बायर्नसँग बार्सिलोना ८–२ गोलअन्तरको हार, बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो

३१ साउन, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति लिस्बनमा बार्सिलोनामाथि ८–२ गोलको शानदार जित निकाल्दै बायर्नले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

थोमस मुलरले खेलको चौथो मिनेटमै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि बायर्नका डबिड अलाबाको आत्मघाती गोलपछि खेल एक(एक गोलको बराबरी भयो । २१ औं मिनेटमा इभान पेरिसिकले बायर्नका लागि अर्को गोल थपे ।

त्यस्तै बायर्नका लागि २८ औं मिनेटमा सर्ज ग्रन्बी र ३१ औं मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बायर्नले ४(१ गोलको अग्रता लिएको थियो । बायर्न दोस्रो हाफमा थप आक्रमक बन्दै चार गोल गर्न सफल भयो ।

५७ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजले गोल गरे । त्यसपछि ६३औं मिनेटमा जोसुआ किमिचले, ८२ औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले, ८५ औं र ८९औं मिनेटमा फिलिप कौटिन्होको गोलसँगै बायर्नले खेलमा ८(२ गोलको अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

युरोपियन प्रतिस्पर्धामा बार्सिलोनाको यो हालसम्मकै खराब हार हो । उता लज्जास्पद हारसँगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ ।

उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ । च्याम्पियन्स लीगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो ।

यस सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्नले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग प्रतिपर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्