आर्थिक
आधुनिक प्रविधि सहितको आरटीआर फोर भी एबीएस मोटरसाइकल बजारमा (भिडियोसहित)
२०७७ साउन ३० गते १७:४४

३० साउन, २०७७ काठमाडौं । टिभीएस टू ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आधुनिक प्रविधिसहितको आरटीआर फोर भी एबीएस मोटरसाइकल बजारमा ल्याएको छ ।
अर्को सातादेखि आधिकारिक रुपमा विक्री वितरण हुने यो मोटर साइकल नेपाली ग्राहक र बाटो सुहाउँदो रहेको कम्पनीको दावी छ ।
जगदम्बा मोटर्सले नयाँ प्रविधिसहित दुई सय सीसीको आरटिआरको विक्री वितरण सुरु गर्दैछ । नयाँ मोडलमा यो मोटर साइकलले चालकको सुरक्षालाई ध्यान दिएको छ ।
मोटर साइकल किन्ने उपभोक्ताका लागि सहज किस्ताबन्दी र विभिन्न योजना ल्याउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया