कोशी अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३० गते १२:४३
कोशी अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

३० साउन, २०७७, विराटनगर । कोशी अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुष र सिराहका ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको गएराती मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।
कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिँदै आएकोमा एक्कासी रगतको मात्रा कम भइ मृत्यु भएको डा. दासले जानकारी दिनुभयो ।

विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट दासले जानकारी दिनुभयो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *