खेलकूद
लाइप्जिग च्याम्पियन्स लिग सेमिफाइनल प्रवेश
२०७७ साउन ३० गते ८:१८

३० साउन, २०७७ काठमाडौं । एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जर्मन क्लब आरबी लाइप्जिग यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिस्बनमा भएको क्वाटरफाइनलमा लाइप्जिग २(१ ले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो । लाइप्जिगले ड्यानी ओल्मोको गोलमा अग्रता लिएको थियो ।
तर वैकल्पिक खेलाडी जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा फर्काएका थिए । अन्तिम २ मिनेट बाँकी रहँदा टाइलर एडम्सले गोल गर्दै लाइप्जिगको जित पक्का गरे ।
लाइपेजिगले अब सेमिफाईनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०संग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया