विदेश

विश्वमा एकैदिन २ लाख ७२ हजार बढी कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन ३० गते ८:०४
विश्वमा एकैदिन २ लाख ७२ हजार बढी कोरोना संक्रमित थपिए

३० साउन, २०७७ काठमाडौं । विश्वमा एकै दिन दुई लाख ७२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ७२ हजारमा कोरोना देखिएसँगै विश्वमा संक्रमितको संख्या दुई करोड दश लाख नाघेको छ । दुई करोड दश लाख ६९ हजार भन्दा बढी संक्रमित भएका छन् ।

थप ६ हजार तीन सय मानिसको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार नाघेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित भारतमा फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार एक सय ४२ जना संक्रमित फेला परेका छन् । भारतमा थप एक हजार ६ जनाको मृत्यु भएको छ ।

यस्तै अमेरिकामा ५४ हजार संक्रमित थपिएका छन् भने एक हजार २ सय २९ जनाको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ५९ हजार संक्रमित थपएका छन् । ब्राजिलमा एक हजार तीन सय मानिसको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

अमेरिका, ब्राजिल र भारतपछि कोरोना संक्रमणको नयाँ हटस्पटका रुपमा कोलम्बिया देखिएको छ । कोलम्बियामा पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *