आर्थिक

गत आर्थिक वर्ष नबिल बैंकको नाफा घट्यो

हिमालय टिभी
२०७७ साउन २९ गते १५:४४
गत आर्थिक वर्ष नबिल बैंकको नाफा घट्यो

२९ साउन, २०७७ काठमाडौं । गत आर्थिक वर्षमा नबिल बैंकको नाफा १५ दशमलव ८६ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षमा नबिल बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १५ दशमलव ८६ प्रतिशत कम हो ।

अघिल्लो वर्ष नबिल बैंकले ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा नबिल बैंकको वितरण योग्य नाफा पनि १८ दशमलव ५६ प्रतिशते घटेर ३ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै सिटिजन्स बैंक नाफा पनि २३ दशमलव ७२ प्रतिशतले घटेको छ । बैंकले असार मसान्तसम्म १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेकाले सिटिजन्स बै‌ंकको नाफा घटेको हो । सिटिजन्सको वितरण योग्य नाफा ८२ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *