खेलकूद
प्रशिक्षण स्थगित भएपछि खेलाडी घर फर्किए
२०७७ साउन २९ गते १५:४१
२९ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप र एसियन कप छनोटको प्रशिक्षण स्थगित गरेपछि खेलाडी घर फर्किएका छन् ।
कोरोनाको जोखिम उच्च हुँदै गएको र विश्वकप र एसिया कप छनोटका खेल अनिश्चित समयका लागि स्थगित भएपछि एन्फाले भदौ एक गतेदेखीका लागि तय भएको बन्द प्रशिक्षण स्थगित गरेको थियो ।
प्रशिक्षण स्थगित भएसँगै उपत्यका बाहिरबाट आएका खेलाडीलाई आजदेखी एन्फा आफैले गृहजिल्ला पुर्याउन लागेको हो ।
यसअघि, सरकारको निर्णय अनुसार एन्फाले उपत्यका बाहिरका खेलाडी काठमाण्डौं बोलाएर र क्वारेन्टिनमा राख्नेदेखि कोरोना परीक्षणसम्म गराएको थियो ।
कोरोनाको जोखिम उच्च रहेको भन्दै एन्फाले भदौ ३ गतेसम्मका लागि आफ्नो कार्यालय पनि बन्द गरेको छ ।
प्रतिक्रिया