विदेश

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

हिमालय टिभी
२०७७ साउन २९ गते १५:३६
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

२९ साउन, २०७७ नयाँ दिल्ली । कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ । उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।

नयाँ दिल्लीस्थित उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई भेन्टिलेटरमा राखिएको जानकारी दिएको हो ।

यद्यपि उनको अवस्था स्थिर रहेको र स्वास्थ्यमा कुनै सुधार नभएको अस्पतालको विज्ञप्तीमा उल्लेख गरिएको छ । गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको मस्तिष्कको शल्यक्रिया समेत गरिएको थियो ।

गत सोमबार ८४ वर्षीय मुखर्जीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका थिए ।

यसैबीच पूर्व राष्ट्रपति मुखर्जीको परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *