खेलकूद

पीएसजी च्याम्पियन्स लीग फुटबलको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ साउन २९ गते ७:२७
पीएसजी च्याम्पियन्स लीग फुटबलको सेमिफाइनल प्रवेश

२९ साउन, २०७७ काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लीग फूटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

च्याम्पियन्स लीग अन्तर्गत इटालियन क्लब एटलान्टामाथि २–१ गोलको जित निकाल्दै पिएसजीले अन्तिम चारमा स्थान पक्का पारेको हो ।

पोर्चुगलको लिस्बनस्थित बन्द रंगशाला स्टाडियो डा लुजमा भएको पहिलो क्वाटरफाइनलमा एटलान्टाले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

एटलान्टाका मारियो पासालिकले २६औं मिनेटमा गोल गरेका थिए । त्यसपछि पिएसजीले लगातार दुई गोल गर्न सफल भएको थियो । उसका लागि ९०औं मिनेटमा मार्किन्होसले र इन्जुरी समयको तेस्रो मिनेटमा चुपो मोटीङले गोल गरेका थिए ।

जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले आगामी मंगलबार हुने एटलेटिको मड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्