अन्तर्वार्ता
नेपालको संविधान जारी गर्दा भारतको चासो केमा थियो ? तत्कालीन प्रधामन्त्रीका निजी सचिवको खुलासा
२०७७ साउन २८ गते १९:१२

नेपालको संविधान जारी गर्ने समयमा भारतीय चासो नागरिकता र मधेशको विषय बढी रहेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका निजी सचिव ई. अतुल कोइरालाले बताउनु भएको छ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै ई. कोइरालाले भारतीय प्रधानमन्त्रीको दुतको रुपमा संविधान जारी गर्ने समय रोक्न नेपाल आएका एस जय शंकरले अरु विषयमा भने दवाब नदिएको बताउनु भयो ।
उहाँले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्म, मुत्यु कर्मका बारे संवादमा धेरै विषयमा ऐतिहासिक पक्षको खुलासा गर्नु भएको छ ।
संविधान निर्माण गर्दा नेपालका नेता पार्टी र शक्ति केन्द्रको चासो, चिन्ता र प्रभावको बारेमा पनि उहाँले खुलेर चर्चा गर्नु भएको छ ।
प्रतिक्रिया