विदेश

फेसबुकको एउटा पोस्टले भारतमा दंगा, तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २८ गते १९:०३
फेसबुकको एउटा पोस्टले भारतमा दंगा, तीन जनाको मृत्यु

२८ साउन, २०७७ नयाँ दिल्ली । प्रोफेट मोहम्मदका विरुद्धमा फेसबुकमा गरिएको एउटा पोस्टका कारण भारतको बैंग्लोरमा दंगा भडकिएको छ । प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको छ ।

एक जना राजनीतिज्ञका आफन्तले मोहम्मदकाविरुद्ध गरेको पोस्टको विरोधमा हजारौं इस्लाम समर्थक सडकमा उत्रिएका थिए ।

उनीहरुविरुद्ध प्रहरीले बल प्रयोग गर्दा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रदर्शनकारीले सवारी साधनमा तोडफोड गरेका थिए भने प्रहरीमाथि पनि आक्रमण गरेको बीबीसीले जनाएको छ ।

फेसबुक पोस्ट गर्ने ती ब्यक्तिुहसहित प्रहरीले एक सयभन्दा बढीलाई पक्राउ गरेको छ । झडपमा उच्च अधिकारीसहित कम्तिमा ६० जना प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *