खेलकूद

१३औं सागमा प्रतिबन्धित औषधि प्रयोग गर्ने तीन पाकिस्तानी खोलाडीको पदक खोसियो

हिमालय टिभी
२०७७ साउन २८ गते १४:५८
१३औं सागमा प्रतिबन्धित औषधि प्रयोग गर्ने तीन पाकिस्तानी खोलाडीको पदक खोसियो

२८ साउन, २०७७ काठमाडौं । गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिबन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि पाकिस्तानका तीन जना खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति निकालेर तीनै जना खेलाडीको डोपिङ टेस्ट पोजेटिभ आएकाले पदक खोसिएको जानकारी दिएको हो ।

एथलेटिक्सतर्फ १ सय मिटर दौडमा काँस्य पदक जितेका सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण जितेका मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका महबुब अलीले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको हो ।

उनीहरुलाई चार वर्षको प्रतिबन्ध पनि लगाइएको छ । ४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन् ।

भारतका सन्तोष कुमारले रजत र चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले काँस्य पदक प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुष १ सय १० मिटर हर्डल्सको स्वर्ण भारतका सुरेन्दर जयकलाई, रजत श्रीलंकाका रोशन धामीका र कांस्य भारतका मेमन पौलोसलाई दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्