खेलकूद

विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा खेल्ने खेल फेरि स्थगित

हिमालय टिभी
२०७७ साउन २८ गते १४:२६
विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा खेल्ने खेल फेरि स्थगित

२८ साउन, २०७७ काठमाडौं । विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा खेल्ने खेल फेरि स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार नेपालले असोज २२ गते चाईनिज ताईपेइ, असोज २७ गते एसियाली पावर हाउस अष्ट्रेलिया र समूह चरणको अन्तिम खेलमा कार्तिक २७ गते जोर्डनसँग खेल्ने तय थियो ।

तर एशियाली फुटबल महासंघ ए एफ सीले कोरोना महामारी कायमै रहेका कारण अर्को सूचना नआएसम्मका लागि फिफा विश्वकप २०२२ र एसियन कप २०२३ छनोटका सबै खेल स्थगित गर्ने निर्णय गरेको हो ।

एएफसीका अनुसार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको र अवस्था सामान्य भएपछि नयाँ मिति घोषणा गरिने छ ।

असोज र कात्तिकमा हुने छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा राख्नका लागि खेलाडीको कोरोना परीक्षण गरिरहेको थियो ।

नेपाल रहेको समूह बीमा अष्ट्रेलिया ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०(१० अंक छ । ३ अंकका साथ नेपाल चौथो र अंकविहिन चाइनिज ताइपेइ पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्