सेभिया र शाक्टर डोनेटस्क युरोपा लीग फुटबलको सेमिफाइनल प्रवेश

२८ साउन, २०७७ काठमाडौं । स्पेनिस क्लब सेभिया र युक्रेनी क्लब शाक्टर डोनेटस्क युरोपा लीग फूटबलको सेमिफाइनल प्रवेश गरेका छन् ।
गएराति जर्मनीको एमएसभी एरिनामा सम्पन्न क्वाटरफाइनलमा इंग्लिस क्लब वुल्भ्सलाई एक(शुन्य गोलले हराउँदै सेभिया अन्तिम चारमा पुगेको हो ।
सेभियाका लागि ८८ औं मिनेटमा लुकास ओक्याम्पोसले गरेको गोल नै निर्णायक रह्यो । अब ५ पटकको लीग विजेता सेभियाले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। उता वुल्भ्स आउँदो सिजन युरोपियन प्रतिस्पर्धा हुने छैन ।
प्रिमियर लीगमा सातौं स्थानमा रहेको वुल्भ्सका लागि युरोपा लीग आउँदो सिजन पनि युरोपियन प्रतिस्पर्धामा कायम रहने आशको एक मात्र मार्ग थियो । तर क्वाटरफाइनलबाटै बाहिरिएपछि सम्भावना समाप्त भएको हो ।
यस्तै स्विस क्लब एफसी बासेललाई चार(एक गोलले पराजित गर्दै शाक्टरले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ ।
शाक्टर जितमा जुनियर मोरेस, टाइसन, लौरेन्को र कोरडिरो डास सान्तोसले गोल गरेका थिए । बासेलकातर्फबाट रिकी भान उल्फ्स उइन्केलले सान्त्वना गोल गरे । शाक्टरले अब फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया