विदेश

भारतमा एकैदिन ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २८ गते ८:२४
भारतमा एकैदिन ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२८ साउन, २०७७ नयाँ दिल्ली । पछिल्लो समय भारतमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा त्यहाँ ६१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा २३ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै अमेरिका र ब्राजिलमा ५४ हजार भन्दा बढी संक्रमित थपिए । मंगलबार विश्वभर २ लाख ५९ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा विश्वमा ६ हजार ३ सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाए ।

त्यस्तै ब्राजिलमा १ हजार २ सय तथा भारतमा ८ सय भन्दा बढी ज्यान गुमाए । विश्वभर संक्रमित मध्ये १ करोड ३४ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *