विदेश

कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोप तयार पारेको रुसको दाबी

हिमालय टिभी
२०७७ साउन २७ गते १८:४४
कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोप तयार पारेको रुसको दाबी

२७ साउन, २०७७ मस्को । रुसले कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आज कोरोनाविरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले यो खोप उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

रुसी अधिकारीका अनुसार खोप अक्टोबरदेखि बृहत रुपमा वितरण गरिनेछ । पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् ।

खोप एडिनो भाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोरोनाका मृत तत्व रहेको र यो वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले यो खोप प्रभावकारी र सुरक्षित गरेको भन्दै कोरोभा भाइरसविरुद्ध लडाईँमा मावन जातिको जीतको महत्वपूर्ण कोषेढुंगा भएको घोषणा गरेका छन् । तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।

बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनिएका ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *