समाज
कोरोना संक्रमित बढेपछि बाँकेमा निषेधाज्ञा शुक्रबारसम्म लम्बियो
२०७७ साउन २७ गते १७:३९

२७ साउन, २०७७ बाँके । बाँकेमा जारी निषेधाज्ञा शुक्रबार रातिसम्म बढाइएको छ ।
निषेधाज्ञा बढे पनि नेपालगञ्जको त्रिभुवनचोक, बाँकेगाउँ, बसपार्क एरियामा लगाइएको शिल भोलि हटाइने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित थपिने क्रम जारी रहेको भन्दै निशेधाज्ञा बढाउने निर्णय गरेको हो ।
बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा लगाइएको थियो । संक्रमितको संख्या बढिरहदा निषेधाज्ञा पनि बढाइदै लगिएको छ ।
प्रतिक्रिया