आर्थिक

लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते १५:५१
लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा (भिडियोसहित)

२७ साउन, २०७७ कपिलवस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सोलार इनर्जीबाट विद्युतीय गाडी चार्ज गर्ने गरी बनाइएको यो स्टेशनको ९५ प्रतिशतभन्दा बढी काम पुरा भएको छ । १३ करोड रुपैयाँको लागतमा बन्न लागेको चार्जिङ स्टेशन अवस्था सामान्य रहे तीन सातामै संचालनमा आउनेछ ।

लुम्बिनी–तौलिहवा सडक खण्डको पूर्वी क्षेत्रतिर निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल र ध्यान केन्द्र नजिकै पावर हाउस र ईलेक्ट्रिकल भवन छ । २ सय ६० वाटका ५ सय ९४ सोलार वटा प्यानल राख्न आरसीसी ढलान गरिसकिएको छ ।

पावर हाउस नजिकैको ईलेक्ट्रिकल भवनको काम सकिएको छ । सोलार प्यानलमा राखिएको ६ वटा जक्सन बक्ससँग ईलेक्ट्रिकल भवनमा कनेक्सन दिइसकिएको छ । ईलेक्ट्रिकल भवनमा पीसीएस (पावर स्टोरेज सिस्टम), लिथेमाईन व्याट्री र ईन्भटर छन् । ४ सय भोल्टेज क्षमताको बिजुलीलाई २ सय क्षमतामा परिणत गर्न ३ वटा ट्रान्सफर्मर जोडिएको छ ।

ईलेक्ट्रिकल भवनदेखि ६ मिटर भूमिगत तार बिछ्याएर चार्जिङ स्टेशनसँग जोडिएको छ । चार्जिङ स्टेशनमा एचबी प्यानल (विद्युत सप्लाई गर्ने) र ट्रान्सफर्मर जडान गरि सकिएको छ । चार्जिङ स्टेशनमा खपत नहुने विजुली विद्युत प्राधिकरणलाई बेच्न सकिन्छ । चार्जिङ स्टेशनमा चार्जर स्ट्याण्डमात्र राख्न् बाँकी छ ।

लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेशनमा ३३ वटा गाडी चार्जर स्ट्याण्ड र ३ वटा क्विक चार्जर छन् । ८० किलो वाट क्षमताको व्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताको २ वटा मिनीबस एकै पटक क्विक चार्ज गर्न सकिन्छ । ३० वटा जीप र कारका लागि हो । त्यहीँ ७५ ईलेक्ट्रिक रिक्सा चार्ज हुने प्वाइण्ट हुनेछ ।

एशियाली विकास बैंकको सहयोगमा जापानको ईशाका ईलेक्ट्रिक कम्पनीले पावर हाउस बनाइरहेको छ । १३ करोड रुपैयाँको लागतमा बन्न लागेको पावर हाउस सोलारबाट नेपालकै सबैभन्दा धेरै विद्युत उत्पादन हुने स्टेसन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *