विदेश

बेरुत विष्फोटको एक सातापछि प्रधानमन्त्री दियाबे दिए राजीनामा

हिमालय टिभी
२०७७ साउन २७ गते ७:५६
बेरुत विष्फोटको एक सातापछि प्रधानमन्त्री दियाबे दिए राजीनामा

२७ साउन, २०७७, बेरुत । राजधानी बेरुतमा विष्फोट भएको एक सातापछि लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्।

राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री दियाबले मन्त्रिपरिषद् भंग भएको घोषणा गरेका हुन्। यही अगस्ट ४ मा राजधानी बेरुतको तटीय क्षेत्रमा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ विस्फोटपछि सरकारविरुद्ध प्रदर्शन बढ्दै गइरहेको थियो ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लाग्दै आएको थियो । शक्तिशाली विस्फोटमा २ सय २० को मृत्यु, १ सय १० जना बेपत्ता हुनुको साथै लाखौं मानिस घरबारविहीन भएका थिए।

यसअघि प्रधानमन्त्रीले सरकार भंग गर्नु अघि नै चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका थिए । राजीनामा दिएको सरकारलाई अर्को मन्त्रिपरिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति मिशेल एउनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *