विदेश

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढेको बढ्यै

हिमालय टिभी
२०७७ साउन २७ गते ७:५३
भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढेको बढ्यै

२७ साउन, २०७७ नयाँ दिल्ली । पछिल्लो समय भारतमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित र मृतक थपिएका छन् ।

बितेको २४ घण्टामा त्यहाँ त्यहाँ ५३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा २२ लाख ६७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा ४९ हजार भन्दा बढी तथा ब्राजिलमा २१ हजार भन्दा बढी संक्रमित थपिए । सोमबार विश्वभर २ लाख ९ हजार ८ सय २३ जनामा संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा विश्वमा ४ हजार ३ सय ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सबैभन्दा बढी भारतमा ८ सय ८७ जनाले ज्यान गुमाए ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । भारतपछि ब्राजिलमा ७ सय २१ तथा अमेरिकामा ५ सय ६९ जनाले ज्यान गुमाए । विश्वभर संक्रमित मध्ये १ करोड ३१ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *