खेलकूद
अखिल नेपाल फुटबल संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित
२०७७ साउन २६ गते १७:०८
२६ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको को साधारण सभा फेरि सरेको छ।
भदौ १५ मा हुने तय भएको १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।
राईका अनुसार कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेको र समुदायस्तरमा संक्रमणको विस्तार हुनसक्ने उच्च जोखिम भएकाले सतर्कता अपनाउन साधारण सभा स्थगित गरिएको हो ।
यसअघि एन्फाले गत चैतका लागि निर्धारण गरेको साधारण सभा कोरोनाकै कारण स्थगित गरेको थियो।
प्रतिक्रिया