आर्थिक

धेरै कम्पनीको शेयरको भाउ बढेपछि उकालियो नेप्से परिसूचक

हिमालय टिभी
२०७७ साउन २६ गते १७:०६
धेरै कम्पनीको शेयरको भाउ बढेपछि उकालियो नेप्से परिसूचक

२६ साउन, २०७७ काठमाडौं । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेप्से आज ३७ दशमलव ७४ अंकले बढेर १४ सय ३० दशमलव ४२ अंकमा पुगेको छ । नेप्से हिजो ११ अंकले बढेको थियो । आज कारोबार भएकामा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज १ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो हिजोको भन्दा ५७ करोड धेरै हो ।

कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन हुने डरले गत हप्ता शेयर बजार घटेको थियो । तर सरकारले पूरै देशमा एकै पटक लकडाउन नगर्ने भनेपछि त्यसको असर शेयर बजारमा परेको हो ।

सूचिकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । उनीहरुको नाफा गत वर्ष त्यति धेरै नघटेको विवरण आएकाले पनि लगानीकर्ता शेयरबजार प्रति सकरात्मक बनेका छन् । जसले बजार बढ्न मद्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *